
काठमाडौं महानगरपालिकाले सिसडोलमा फोहोर बिर्सजन गर्ने काममा तिव्रता दिएको छ ।
बुधवार मात्रै महानगरबाट १ सय ७१ ट्रक फोहोर सिसडोलमा लगिएको नगर प्रहरी निरीक्षक पूर्णचन्द्र भट्टले लोकान्तरलाई जानकारी दिए ।
महानगरका जनप्रतिनिधि र आवश्यक कर्मचारीहरूले काठमाडौंलाई संक्रमणकालमा पनि सफा राख्नुपर्ने बताउँदै सोही अनुसार काम गरिरहेको बताए । उनले भने संक्रमण कालमा झनै फोहोरले संक्रमण बढाउने खतरा हुन्छ, त्यसैले पनि हामीले अत्यावश्यक काम भनेर फोहोर उठाउने काम गरिरहेका छौं ।
उनका अनुसार मंगलवार १ सय ५१ टिप फोहोर उठाइएको थियो भने सोमवार १ सय ४४ ट्रक फोहोर सिसडोलमा लगिएको थियो ।
लक डाउनका समयमा पनि आफूहरूले नियमित काम गरिरहेको उनको भनाइ छ ।