३१ असार २०८३, बुधबार

माओवादी र एमाले अखिलबीच कुटाकुट, ६ जना घाइते

कात्तिक २०, २०७४
माओवादी र एमाले अखिलबीच कुटाकुट, ६ जना घाइते

चितवन, ८ वैशाख –यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच आज दिउँसो झडप हुँदा दुवैतिरका गरेर आधा दर्जन विद्यार्थी घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच भडप हुँदा क्रान्तिकारीका तीन र अनेरास्ववियुका तीनजना घाइते भएका हुन् ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्