२० असार २०८३, शनिबार

उपचार कोषमा बैंकको सहयोग

चैत १९, २०७६
उपचार कोषमा बैंकको सहयोग

प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले रु पाँच लाखको सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई आज जनकपुरस्थित बैंकका प्रतिनिधिले रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सो कोषमा सिद्धार्थ बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकलगायत सङ्घसंस्थाले रकम सहयोग गरिसकेका छन् । 

यसैबीच, प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता सञ्चालनमा ल्याएको छ । सो कोषको खाता नं. १२२०५०३०००००१ मा रकम प्रदान गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्