२४ जेठ २०८३, आइतबार

सीमामा अलपत्र नेपालीबारे नायिका रेखा भन्छिन्- स्वदेश ल्याएर दालभात दिनुपर्छ

सीमामा अलपत्र नेपालीबारे नायिका रेखा भन्छिन्- स्वदेश ल्याएर दालभात दिनुपर्छ

नायिका रेखा थापाले लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको व्यवस्थापन गर्न सरकारसँग माग गरेकी छन्।

भारतमा मजुदरी गर्न गएका सयौँ नेपाली स्वदेश फर्कन सीमा क्षेत्रमा पुगे पनि लकडाउनका कारण भन्दै सरकारले स्वदेश फर्कन नदिएका बेला नायिका थापाको यस्तो धारणा आएको हो।

बुधबार फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले ‘आर्थिक बाध्यता र देशमा श्रम र सृजनाको अवसर नपाएर विदेशीन बाध्य नेपाली खास गरी नेपाल भारतको सीमामा आएर आफ्नो देश छिर्न पाउ भन्ने दाजुभाइ दिदीबहिनीको रोदनले मुटु छोएको छ’ भनेकी छन्।

उनले सीमामा अलपत्र नेपालीलाई स्वदेश फर्काएर २५ दिन सेना प्रहरीको क्याम्प (क्वारेन्टाइन) मा राख्न माग समेत गरेकी छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्