२८ जेठ २०८३, बिहीबार

कांग्रेसले भन्यो-सीमामा अलपत्र नागरिकलाई देश पस्न नदिनु दुःखद्

कांग्रेसले भन्यो-सीमामा अलपत्र नागरिकलाई देश पस्न नदिनु दुःखद्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेले नेपाल—भारत सीमामा अलपत्र नेपालीको उद्धार गर्न सरकार माग गरेको छ। 

कांग्रेस, तरुण  विभाग प्रमुख शंकर भण्डारीले बुधबार विज्ञप्ती जारी गरी विश्वभर रहेका नेपालीको सुरक्षाका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताएका हुन्।

‘नेपालको संविधानको मौलिक हकअन्र्तगत धारा ४५ मा देश निकाला विरुद्धको हक सुनिश्चित गरेको हुँदा सरकारले सबै नागरिकलाई समान व्यवहार गर्दै सीमामा अलपत्र परेका नेपालीको उद्धारमा जुट्न आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।  

संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने हक र धारा ५२ ले राज्यले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व तोकेको भन्दै उनले संविधानबाट प्रत्याभूत अधिकारलाई कुण्ठित गर्ने गरी नागरिकलाई देश पस्न नदिनु, अवरोध खडा गर्नु अत्यन्त दुःखद् विषय भएको उल्लेख  गरेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्