
दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजीको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
५० वर्षीया उनी दक्षिण अफ्रीकी चिकित्सा अनुसन्धान परिषद (एसएएमआरसी) कार्यालय, क्लीनिकल ट्रायल यूनिटकी मुख्य अन्वेषक र यूनिट डायरेक्टर थिइन्। रामजी हालै मात्र लन्डनबाट स्वदेश फर्किएकी थिइन्। निमोनियाका कारण क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी उनको मंगलबार ज्यान गएको बीबीसीले उल्लेख गरेको छ।
एचआईभी संक्रमण रोक्ने उपायको खोजीमा रहेकी उनी क्षयरोग रोकथामका निम्ति काम गर्दै आएकी थिइन्।