३० जेठ २०८३, शनिबार

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

चैत २०, २०७६
लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले लकडाउन पालन नगर्ने जोकोहीलाई तत्कालै गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिएका छन् । 

लकडाउन नमानेर दुःख दिन खोज्नेलाई तत्कालै गोली हान्न उनले प्रहरी प्रशासनलाई भनेका हुन् । 

सरकारको आदेश पालन गर्न उनले सबै देशवासीलाई आग्रह गरे । कसैले पनि स्वास्थ्यकर्मी र चिकित्सकलाई हानि नपुर्‍याउन चेतावनी दिँदै त्यसो गर्न खोज्नु गम्भीर अपराध भएको बताए । 

यसअघि पनि डुटेर्टेले लागूऔषध कारोबार गर्नेहरूलाई गोली हान्ने आदेश दिएका थिए । 

फिलिपिन्समा २३ सय ११ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति डुटेर्टेले पनि कोरोनाको जाँच गराएका थिए तर रिजल्ट नेगेटिभ आयो । तैपनि सतर्कताका लागि उनी सेल्फ आइसोलेसनमा गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्