०२ असार २०८३, मंगलबार

सुनचाँदी व्यवसायी महासंघले गर्‍यो कोरोना रोकथाम कोषमा १५ लाख सहयोग

चैत २०, २०७६
सुनचाँदी व्यवसायी महासंघले गर्‍यो कोरोना रोकथाम कोषमा १५ लाख सहयोग
प्रतिकात्मक तस्वीर

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरूलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरूले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी दिए ।

मानवीय संकट आउन नदिन र दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासंघले जानकारी दिएको छ ।

महासंघले विपत्को घडीमा अहोरात्र खटेर साथ दिने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्