३० असार २०८३, मंगलबार

‘आई डिड इट अगेन’ २० वर्षमा

चैत २३, २०७६
‘आई डिड इट अगेन’ २० वर्षमा

अमेरिकी गायिका ब्रिटनी स्पियर्सको २००० मा आएको हिट गीत ‘उप्स आई डिड इट अगेन’ ले २० वर्ष पूरा गरेको छ।

यो अवसरमा गायिका ब्रिटनीले गीतसँग जोडिएका यादाहरू सोसल मिडियामा सेयर गरेकी छन्।एससोबिजडटकम अनुसार स्पियर्सको यो गीत बिलबोर्ड हट सयको नवौं स्थानसम्म पुगेको थियो। स्पियर्सले गीतको भिडियोमा रातो रङको पीभीसी सुट लगाएकी छिन्।

ब्रिटनीले भिडियो सुटको एक तस्बिर सेयर गर्दै इन्स्टाग्राममा लेखिन्, ‘उप्स ! कसरी २० वर्ष यति छिट्टै बित्यो ? विश्वास नै भएन। मलाई सम्झना छ कि त्यो रातो पहिरनमा सुट गर्दा धेरै गर्मी भएको थियो तर डान्स गर्दा रमाइलो भएको थियो।’

‘हामी क्वारेन्टाइनमा समय बिताउँदै सोचिरहेका छौं कि काश हामी मंगल ग्रहमा हुन्थ्यौं भने कस्तो हुन्थ्यो होला ? म बिल्कुलै मजाक गरिरहेकी छु। तर वास्तवमा यो गीतले तपाईंहरूको धेरै साथ पायो। यसका लागि सबैलाई धन्यवाद। तपार्इंहरू सबैलाई धेरै धेरै माया’, उनले लेखेकी छन्। उनले मुटु आकारको रातो इमोजी पोस्ट गरेर कुरा टुंग्याएकी छन्।  अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्