०६ साउन २०८३, बुधबार

चीनमा मानिसमाथि गरिएको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षणमा सफलता

चैत २३, २०७६
चीनमा मानिसमाथि गरिएको कोरोनाभाइरसविरुद्धको खोपको परीक्षणमा सफलता

कोरोनाभाइरसबाट आक्रान्त चीनले मार्च १७ देखि भाइरसविरुद्धको खोपको परीक्षण मानिसहरूमा गर्न थालेको छ । अहिले उक्त परीक्षणका सकारात्मक परिणामहरू देखिन थालेका छन् । 

चीनले क्लिनिकल ट्रायलका लागि १०८ जनालाई छानेको थियो । स्वैच्छिक रूपमा परीक्षणका लागि आएका १४ जनाले परीक्षण अवधि पूरा गरेका छन् । चौध दिनसम्म क्वारेन्टीनमा बसेपछि उनीहरूलाई घर पठाइएको छ ।

यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएका थिए । खोप परीक्षणपछि घर पठाइएका १४ जना पूर्ण रूपमा सुरक्षित र स्वस्थ छन् । उनीहरूलाई चिकित्सकीय निगरानीमा राखिएको छ । 

खोपलाई चीनका प्रख्यात वैज्ञानिक चेन भी र उनको टोलीले बनाएको हो । परीक्षण गरिएका मानिसको उमेर १८ देखि ६० वर्ष छ । 

उनीहरूलाई तीन समूहमा बाँडिएको थियो । तीनै समूहका मानिसलाई खोपको फरक फरक मात्रा दिइएको थियो । उनीहरूलाई वुहान स्पेस सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टीन गरिएको हो ।

उनीहरूले क्वारेन्टीन अवधि पूरा नहुन्जेल त्यहीँ बस्नुपर्ने हुन्छ । आगामी केही हप्तामा उनीहरू आआफ्नो घर जान पाउनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्