
काठमाडौं, १७ मंसिर — आफ्नो घरअगाडिबाट यौनकर्मीहरू दिनरात हिँडेपछि आजित भएका एक घरपेटीले ‘यहाँ नआओ, अन्तै जाओ’ भन्ने सन्देश सहितको बोर्ड राखेका छन् ।

जेफ्री ब्लान्केनशिपले आफ्नो घरअगाडि जतिखेर पनि यौनकर्मीहरू ग्राहकको खोजीमा हिँडेको देख्दा अति भएर यस्तो चिह्न लगाएको बताए ।
तीन हप्ताअघि उनले ब्लुफिल्डमा रहेको घरमा प्रवेश निषेधको चिह्न लगाएका थिए जसमा लेखिएको छ, ‘सावधान यौनकर्मीहरू, यो घरअघिबाट हात हल्लाउँदै दिनको हजारचोटि हिँड्ने नगर ।’
चिह्नमा भिडियो सर्वेक्षण उपकरण लगाइएको र कुनै अवैध गतिविधि भएमा प्रहरीलाई पठाउने चेतावनी दिइएको छ ।
ब्लान्केनशिपका अनुसार उनी ब्लुफिल्डबाट अर्को वर्ष बसाईं सर्दैछन् तर यी चिह्नहरू त्यतिखेरसम्म राखिरहनेछन् ।
दी एसोसिएटेड प्रेस