मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
यतिबेला कोभिड– १९ अर्थात् कोरोनाभाइरसका कारण समग्र विश्व व्यवस्था संकटपूर्ण घडीबाट गुज्रिरहेको छ । विश्वका १९० राष्ट्र यतिबेला मानवजीवनको संकटका विरुद्ध जोखिमपूर्ण संघर्षमा छन् । यो स्तम्भ तयार गर्ने बेलासम्म विश्वका झण्डै ६५ हजार मान्छेले यो रोगका कारण जीवन गुमाइसकेका छन् भने झण्डै १२ लाख मान्छेहरूमा यो रोगको संक्रमण फैलिसकेको छ र ३ लाख मान्छेहरू उपचारपश्चात् निको भएका छन् । यसले गर्दा सारा विश्व यो महामारीविरुद्ध निकै कठिन र चुनौतीपूर्ण लडाईंमा सहभागी भएको छ ।
चीनबाट शुरू भएको यो भाइरस आजको दिनसम्म आइपुग्दा संसारभर विनाशकारी आँधी-तुफान को रूपमा विकास भइरहेको छ । सारा विश्व यतिबेला झण्डै लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । सम्पूर्ण मानव जीवन अस्तव्यस्त भएको छ । सबैखाले आर्थिक राजनीतिक र सांस्कृतिक कार्यक्रमहरू ठप्प भएका छन् । उद्योगधन्दा कलकारखाना सबै पूर्णतः बन्द अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा पनि संक्रमण दिनप्रतिदिन व्यापक बन्दै गइरहेको छ । सबैखाले सुरक्षाका पर्खालहरू तोड्दै यो रोग विश्वव्यापी महामारीको रूपमा विकसित भएको छ ।
यो रोग देखा पर्नासाथ चीनले जुन विधि अवलम्बन गर्यो सारा विश्वले त्यसलाई आलोचनाको विषय बनायो । चीनको वुहान शहरलाई लकडाउन गरेर चीनले जुन नियन्त्रणको विधि अवलम्बन गर्यो, त्यसबाट उसले सफलता हासिल गर्यो । तर यसलाई गम्भीरतापूर्वक लिने र सावधानी अपनाउने कुरामा अन्य राष्ट्रहरू चुके । जसका कारण रोगको फैलावट व्यापक बन्यो । जनजीवन अस्तव्यस्त बन्यो र संसारभर मानव मृत्युदर बढेर गयो । अझ गम्भीर कुरा के भने संक्रमितहरूको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीकै यो रोगको कारण निधन हुनपुग्यो ।
आज अन्तर्राष्ट्रिय राजनीतिक जगतमा धेरै बहसहरूले महत्त्व पाइरहेका छन् । कोभिड– १९ अर्थात् कोरोना भाइरसका विरुद्धको लडाईं मानवजातिकालागि प्रथम र दोस्रो विश्वयुद्ध यताको सबैभन्दा ठूलो चुनौतिको रूपमा देखापरेको छ । प्रकृति विरुद्धको लडाईं जस्तो देखिएपनि मानवीय क्षतिका दृष्टिले यो लडाइँ मानवजातिका लागि निकै ठूलो मूल्य चुक्ता गर्नुपर्ने स्थिति छ । प्रथम विश्व युद्धपछि विश्व राजनीतिमा नयाँ शक्ति सन्तुलन देखा पर्यो । कमजोर र उत्पीडित राष्ट्रहरूमा मानव नरसंहार मच्चाएको जर्मन साम्राज्यवादको पतन प्रथम विश्वयुद्ध समाप्तिसँगै भयो ।
दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्व शक्तिको रूपमा उदाएका ब्रिटिस र जापनिज साम्राज्यको पनि अवशान भयो । यसले के देखाउँछ भने विश्वमा उत्पन्न नयाँ–नयाँ संकटले तत्कालीन महाशक्ति राष्ट्रको प्रभाव समाप्त हुने र नयाँ शक्तिको उदय हुने ऐतिहासिक परम्पराबाट यो शताब्दी पनि अलग हुने छैन । अझै रोचक इतिहास के छ भने नेपोलियन बोनापार्टको विश्व जित्ने अभियान सन् १८०१ मा 'यलो फिबर' महामारीको कारण हैटीमा आफ्ना ४७ हजार सेनाको मृत्यु भएपछि समाप्त भएको थियो । सन् १८८८- १८९६ सम्म देखापरेको 'यनिमल प्लेग' महामारी पछि यूरोपियन राष्ट्रले अफ्रिकामाथि उपनिवेश कायम गरे ।
यिनै ऐतिहासिक तथ्यहरूका आधारमा भन्न सकिन्छ कि यो महामारीपश्चात विश्वको शक्ति सन्तुलन नयाँ ठाउँमा प्रवेश गर्नेछ । विश्व अर्थतन्त्रमाथि नियन्त्रण गर्न विकास गरेका सम्पूर्ण साम्राज्यवादी हत्कण्डाहरू असफल भएका छन् । संसारभरि आफ्नो साम्राज्य विस्तार गर्न विकास गरेका आणविक हतियार र मिसाइल निस्काम सावित भएका छन् । सूचनाप्रविधिमाथि नियन्त्रण, बहुराष्ट्रिय कम्पनी र वित्तीय पूँजीद्वारा विश्व व्यवस्थामाथिको नियन्त्रण साथै विश्वस्तरमै रणनीतिक महत्त्वका ठाउँहरूमा आफ्नो सैन्य उपस्थिति कायम गरेको अमेरिकी साम्राज्यवाद विश्व महामारीले उत्पन्न गरेको यो संकटसँगै ढल्ने स्पष्ट संकेत देखापरेको छ ।
मानव जगतको यो संकटको बेलामा आफ्नो शासन प्रणाली र जनताप्रतिको उत्तरदायित्व नयाँ ध्रुवरूपमा उदाएका चीन र रुसजस्ता देशहरूले कुशलतापूर्वक पूरा गरेका छन् । त्यसैगरी ल्याटिन अमेरिकी मुलुकहरूले पनि आफ्ना जनताको सुरक्षासँगै विश्वभरीका संकटग्रस्त मुलुकहरूमा आफ्नो सेवा प्रवाह गरिरहेका छन् । महामारीको यो चुनौती ती देशहरूले सामना गरेर आज महामारीले आक्रान्त भएका मुलुकहरूमा आफ्ना सहयोग केन्द्रित गरेका छन् ।
केबल पूँजी र हतियारको बलमा होइन मानवीय जीवनका कठिनतम घडीमा आफ्नो श्रेष्ठता संसारसामु प्रस्तुत गरेर चीन, रसिया लगायतका देशले यतिबेलाको विश्वमा आफ्नो नयाँ ध्रुवलाई श्रेष्ठ सावित गरेका छन् ।
यो महामारी नियन्त्रण गर्न विश्वस्तरमा जुन प्रयत्नहरू भइरहेका छन् तिनले छिट्टै नै नयाँ सफलता हासिल हुने निश्चित छ । यो संकटको घडीमा जुन किसिमका अन्तर्राष्ट्रिय गतिविधिहरू सतहमा देखा परेका छन् यसले विश्वलाई नयाँ किसिमको ध्रुवीकरणतर्फ अघि बढाउने निश्चित छ । स्पष्टरूपमा भन्दा युरोपियन युनियनको विघटनसँगै अमेरिकी साम्राज्यवाद निकट भविष्यमा विश्वस्तरबाटै समाप्तिको बाटोमा पुग्ने लगभग निश्चित छ ।
यसरी विश्वको नयाँ ध्रुवीकरणसँगै नेपाललगायतका विकासोन्मुख कैयौं देशहरूमा नयाँ राजनीतिक प्रणालीको बहसले नयाँ शासन प्रणालीको रूप लिने सम्भावना प्रबल छ । यति कुरा स्पष्टसँग भन्न सकिन्छ कि यो संकट र महामारीपश्चात विश्वको शक्ति केन्द्र एसियामा सर्ने निश्चित छ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...