
प्रदेश ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामामा कोरोना परीक्षणको पहिलो नतिजा नेगेटिभ देखिएको छ। कोरोनाका लागि मात्र नभएर अन्य सबै खालका इन्फ्लुएञ्जा भाइरसको परीक्षण गर्न मिल्ने गरी सञ्चालनमा ल्याइएको भवनमा पिसिआर मेशिनसँगै विएसएल टु क्याविनेट वायो सेफ्टी लेभलको प्रयोगशाला स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए।
प्रयोगशालाको सञ्चालनका आज दिनभरि नै यन्त्र जडान र त्यसको गुणस्तर परीक्षणको काम सकिएपछि एउटा नमूना मात्र परीक्षण गरिएको डा गिरीले जानकारी दिए।
परीक्षणको काम सोमबारदेखि पूर्णरुपमा हुने छ। सोमबार बाँके क्षेत्रका अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा संकलित स्वाब परीक्षणका लागि आउने छ। उक्त प्रयोगशालामा यन्त्रले परीक्षणको रिपोर्ट एक जनाको १ घण्टामा दिने छ।