
डोटी जिल्लाको जोरायल गाउँपालिका–४ देउथलामा गोली प्रहार गरेर २० वर्षीया अनिता वनको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाले घटनास्थलमा गोली फेला परेको र पति २२ वर्षीय खडक वनलाई पक्राउ गरिएको जानकारी दिए ।
घटनास्थलमा भरुवा बन्दुक फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी देउवाले लोकान्तरलाई जानकारी दिए ।