१० असार २०८३, बुधबार

राति प्रेमिकाको घर पुगे विवाहित प्रेमी, दुवैको वीभत्स हत्या

चैत २४, २०७६
राति प्रेमिकाको घर पुगे विवाहित प्रेमी, दुवैको वीभत्स हत्या

भारतको लखनउमा एक विवाहित पुरुष र उसकी प्रेमिकाको वीभत्स हत्या गरिएको छ । 

पुरुष आफ्नी प्रेमिकालाई भेट्न राति गएको बेलामा प्रेमिकाका परिवारका सदस्यले दुवैलाई लट्ठीले हिर्काई हिर्काई मारे । 

घटनास्थलमा पुगेको प्रहरीले दुवैको शव पोस्टमार्टमका लागि पठाएर चारजना आरोपितलाई पक्राउ गरेको छ । आरोपितमा युवतीका पिता, दाइ र दुई नातेदार छन् । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

अब्दुल नामक युवक विवाहित भइकन पनि नजिकैको घरमा बस्ने सुफिया नामक युवतीको प्रेममा परेको थियो । शनिवार राति अब्दुल सुफियालाई भेट्न जाँदा झगडा पर्‍यो । 

त्यसपछि युवतीका परिवारका सदस्यले लट्ठीले उनीहरू दुवैलाई बेस्सरी पिटे । उनीहरूको घटनास्थलमै मृत्यु भयो । 

मृतक अब्दुलको परिवारले चाहिँ उसलाई घरमा बोलाएर मारेको आरोप लगाएका छन् । 

सुफियाले अब्दुललाई बोलाउन आइरहने र उससँग पैसा माग्ने गरेको अब्दुलकी पत्नीको आरोप छ । 
 

salt training

कमेन्ट गर्नुहोस्