×

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

सोमवार  मुख्यमन्त्री कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, बैंकका पूर्व अध्यक्ष थानेश्वर पौडेल, सञ्चालक डा. ताराप्रसाद उपाध्याय र मोहन चापागाईले मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग रकम बराबरको चेक प्रदान गरेका हुन् ।


Advertisment

प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेको स्थापना गरेको कोषमा निजी क्षेत्रबाट हालसम्म सबैभन्दा धेरै रकम दिने संस्थामा शाइन रेसुंगा बैंक रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताए । 
कोषमा बैंक, सहकारी र निजी क्षेत्रका संघसंस्थाले हालसम्म ९१ लाख रुपैयां जम्मा गरेका उनले बताए । 


Advertisment

चेक हस्तान्तरणका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र संक्रमतिको उपचार सरकार एक्लैले गर्न नसक्ने हुंदा निजी क्षेत्रको साथ र सहयोगको खाँचो रहेको बताए ।

उनले प्रदेश ५ मा डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि पीपीई लगायत सुरक्षा सामग्री अझै पर्याप्त नभएकाले त्यस्ता सामग्री सरकारलाई उपलब्ध गराउन निजी क्षेत्रसँग आग्रह गरे ।

बैंकका प्रमुख प्रशासकीय अधिकृत पौडेलले अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री पनि बैंकले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x