०२ साउन २०८३, शनिबार

काँग्रेस पदाधिकारी बैठक बस्दै

चैत २५, २०७६
काँग्रेस पदाधिकारी बैठक बस्दै
फाइल तश्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

काँग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्