०६ साउन २०८३, बुधबार

यस देशमा एकजना पनि कोरोना संक्रमित छैन, कसरी भयो यस्तो ?

चैत २५, २०७६
यस देशमा एकजना पनि कोरोना संक्रमित छैन, कसरी भयो यस्तो ?

कोरोनाभाइरसको चपेटामा संसारका २११ देश र भूभागहरू परेका छन् । तर केही देशमा कोरोना संक्रमणको एउटा पनि केस सार्वजनिक भएको छैन । तीमध्ये एक देशको तुर्कमेनिस्तान । 

विशेषज्ञहरूले त्यहाँको सरकार वास्तविकतालाई लुकाइरहेको आशंका गरेका छन् । 

संक्रमण फैलिनबाट रोक्नका लागि संसारका अनेकौं देशले लकडाउन लगाइरहेको भए पनि तुर्कमेनिस्तानले चाहिँ मंगलवार विश्व स्वास्थ्य दिवसको अवसरमा साइकल र्‍याली आयोजना गरेको छ । 

यो मध्य एसियाली देशले कोरोना नभएको दाबी गरे पनि सेन्सरशिपका लागि कुख्यात सरकारले दिएको आँकडामा कत्तिको विश्वास गर्न सकिएला ? 

तुर्कमेन स्वास्थ्य सेवा प्रणालीको अध्ययन गरेका प्राध्यापक मार्टिन म्याककीले भने, ‘तुर्कमेनिस्तानले जारी गरेको आधिकारिक स्वास्थ्य आँकडामा पटक्कै विश्वास गर्न सकिन्न ।’ म्याककी स्कूल अफ हाइजीन यान्ड ट्रपिकल मेडिसिनका प्राध्यापक हुन् । 

उनले भने, ‘अघिल्लो दशकमा उनीहरूले आफ्नो देशमा एचआईभी एड्सको एकजा पनि संक्रमित छैनन् भनी दाबी गरेका थिए । त्यो आँकडा पनि विश्वसनीय छैन । उनीहरूले सन् २००० को दशकमा अनेकौं रोगको जानकारी लुकाए । प्लेग रोग पनि त्यसमा पर्छ ।’

राजधानी अश्गाबाटमा बस्ने एक व्यक्तिले नाम नखुलाउने शर्तमा बताए, ‘मैले चिनेका एक व्यत्तिल सरकारी कार्यालयमा काम गर्छन् । त्यहाँ भाइरस फैलिएको छ वा मैले यसको बारेमा थाहा पाएको छु भन्ने विषयमा बोल्न कडा प्रतिबन्ध लगाइएको छ भनी उनले मलाई सुनाए ।’

तर तुर्कमेन सरकारले यो सरुवा रोगबाट बच्न गरिएका कोशिश र संक्रमित व्यक्तिको खोजी गरिरहेको बुझिएको छ । 

देशमा रहेको संयुक्त राष्ट्रसंघका निकायसँग मिलेर संक्रमण रोक्न सरकारले प्रयास गरिरहेको छ । 

राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर एलेना पानोभाले बीबीसीलाई बताइन्, ‘देशभरि संक्रमणका केसको अनुसन्धान, प्रयोगशाला परीक्षण, जोखिम सञ्चार लगायतका उपायको चर्चा गरिएको छ ।’

अनि देशमा कोरोनाको एउटा पनि संक्रमण छैन भनी सरकारले गरेको दाबीमा सहमत हुनुहुन्छ भनी गरिएको प्रश्नको उत्तर पानोभाले दिन चाहिनन् । 

उनले भनिन्, ‘हामीहरू आधिकारिक जानकारीमा नै विश्वास गरिरहेका छौं । अन्य देशमा पनि त्यसै गर्ने गरिन्छ । यसमा विश्वास नगर्ने कुरा हुन्न किनकि काम यसरी नै गरिने हो ।’

अरू देशको तुलनामा तुर्कमेनिस्तानको दैनिक जीवन सामान्य देखिन्छ । 

क्याफे र रेस्टुराँहरू खुलेका छन् । बिहामा भीड जुटेकै छ । कसैले पनि मास्क लगाइरहेको छैन । मानिसहरू ठूला समारोहमा सहभागी भइरहेका छन् ।

तुर्कमेनिस्तानमा कोरोनाभाइरस महामारीको गम्भीरतालाई पूरै बेवास्ता गरिएको जस्तो देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्