३० जेठ २०८३, शनिबार

थप तीन जिल्लामा परीक्षणको दायरा बढाइने, १ हजार ९ सय एम्बुलेन्स तयारी अवस्थामा

थप तीन जिल्लामा परीक्षणको दायरा बढाइने, १ हजार ९ सय एम्बुलेन्स तयारी अवस्थामा

सरकारले कोरोना संक्रमणको सम्भावना बढी देखिएका तीन जिल्ला डोटी, अछाम र जुम्लामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरिय समितिको बैठकले संक्रमणको बढी सम्भावना भएका तीन जिल्लामा परीक्षणको दायरा बढाउने निर्णय भएको प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका सदस्य सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

सरकारले यसअघि कैलाली, कञ्चनपुर र बाग्लुङमा तीब्र परीक्षण गर्ने निर्णय गरेको थियो। सरकारले देशभरका १ हजार ९ सय ३९ एम्बुलेन्सलाई उनीहरुका संगठन तथा जिल्ला प्रसशान कार्यालय मार्फत तयारी अवस्थामा राख्ने निर्णय गरेको उनले बताए।

लकडाउनको अबस्थामा दूध र तरकारी बोक्ने भन्दै यात्रु तथा अन्य सामाग्री ओसार्ने २ हजार २ सय ३५ सवारी साधनलाई कारवाही गरिएको उनले बताए। सरकारले नेपालबाट हुने अन्तराष्ट्रिय हवाइ उडानमा अप्रिल ३० तारिकसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि अप्रिल १५ सम्म प्रतिबन्ध लगाइएकोमा ३० तारिकसम्म अन्तराष्टिय हवाइ उडानमा प्रतिबन्ध लगाइएको सचिव विडारीले जानकारी दिए। अप्रिल १५ सम्म रोक लगाइएको आन्तरिक उडान भने कहिलेसम्म रोक लगाउने भन्नेवारे निर्णय भएको छैन।

salt training

कमेन्ट गर्नुहोस्