२१ असार २०८३, आइतबार

आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी

चैत २६, २०७६
आवागमन रोक्न सीमाक्षेत्रमा थप सशस्त्र प्रहरी

भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ ।

सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुले बताए।

हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोष्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्