१३ असार २०८३, शनिबार

मुस्ताङ दुर्घटनाका घाइतेहरुको उपचार गर्न डाक्टरहरुले मानेनन्

कात्तिक २०, २०७४
मुस्ताङ दुर्घटनाका घाइतेहरुको उपचार गर्न डाक्टरहरुले मानेनन्
पोखरा, ९ बैशाख- मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेको तिर्थयात्री सवार बस दुर्घटनाका घाइतेको उपचार गर्न पोखराको मणिपाल अस्वीकार गरेको छ ।

मुस्ताङको मुक्तिनाथ दर्शन गरेर जोमसोम तर्फ फर्कदै गरेको तिर्थयात्री सवार ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलै मृत्यु भएको थियो भने २० जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेको थप उपचारका लागि नेपाली सेनोको हेलिकप्टरबाट पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो । तर अस्पतालका चिकित्सकले आन्दोलन जारी रहेको भन्दै उपचार गर्न अस्विकार गरेका छन् ।

उनीहरुले घाइतेको उपचार गर्न अस्विकार गरेसँगै घाइतेहरुलाई पोखराकै गण्डकी र फेवा सिटीम अस्पतालमा उपचार भइरहेको छ ।

कास्की जिल्ला प्रशासनले मणिपाल अस्पताललाई घाइतेको उपचार नगर्नाको कारण बारे स्पष्टिकरण सोधेको छ । र, उसको जवाफ आएसँगै कारवाही अगाडि बढाइने छ ।

त्यस्तै अन्य १६ जना घाइतेको मुस्ताङमै उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस् 

मुक्तिनाथ बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै पहिचान खुल्यो

salt training

कमेन्ट गर्नुहोस्