×

NMB BANK
NIC ASIA

लकडाउनको मौका छोपी आपराधिक गतिविधि मौलाउँदै गएको पाइएको छ ।

Muktinath Bank

कोरोनाको महामारीप्रति सबै निकायको ध्यान केन्द्रित भएको बेला कैलालीका विभिन्न स्थानमा आपराधिक गतिविधि भइरहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउनको मौका छोपेर गरिएका केही आपराधिक क्रियाकलापलाई बिहीवार सार्वजनिक गरेको छ ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालय अगाडि रहेको धनगढी उपमहानगरपालिका–१ का  विनोदकुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा बुधवार राति चोरी भयो । प्रहरीको अनुसन्धान टोलीले चोरिएका सामानसहित संलग्नलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

Vianet communication

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ स्थित कारागार रोड बस्ने ४५ वर्षीय पप्पु गुप्ता र उनको छोरा वर्ष २० वर्षीय पवन गुप्तालाई नियन्त्रणमा लिएको छ । चोरी गरेको सामान घरको छतमा रहेको पानीको ड्रममा लुकाएका थिए । यसअघि पनि पप्पु गुप्ताले लागूऔषध, सार्वजनिक अपराध मुद्दा खेपिसकेका छन् । 

यसैबीच प्रहरीले घरमा अवैध काठ चिरान तथा तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१२ हलौडेका स्थानीय नरीबहादुर साउँदलाई चैत २६ गते घरमा अवैध चिरान काठ तथा काठका गोलिया लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले उनको घरबाट चिरान कडी, चौपटा, सिल्ली, ३ थान गोलिया लगायत गरी १२१ क्युफिट काठ बरामद भएको जनाइएको छ । नरी साउँदलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको छ । 

लकडाउनको मौका छोपी आपराधिक गतिविधिले प्रश्रय पाएका छन् । जिल्लाको कतिपय सामुदायिक वनबाट पनि काठ तस्करी हुँदै आएका घटना सार्वजनिक भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x