०७ साउन २०८३, बिहीबार

पैदलै घर जाने क्रममा भोकका कारण मजदूरको मृत्यु

चैत २७, २०७६
पैदलै घर जाने क्रममा भोकका कारण मजदूरको मृत्यु

भारतको कर्नाटकको बेल्लारीमा एक महिला मजदूरको भोकका कारण मृत्यु भएको छ । 

लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् । खाली खुट्टा भोकप्यास सहँदै हिँडेकी उनको बाटैमा मृत्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । 

महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । 

लकडाउनपछि मजदूरी गर्न नपाएर उनी लगायतका मजदूरहरू बेंगलुरु छोड्न बाध्य भए । कसैले पनि उनीहरुलाई गाडीमा राखेर लान मानेन । उनीहरु एउटा ट्य्राक्टर चढेका थिए तर त्यसलाई पनि तुमकुरुमा रोकियो ।

भारतको सर्वोच्च अदालत र केन्द्र सरकारले बारम्बार राज्य सरकारहरूलाई प्रवासी श्रमिकको भोजन र आश्रयको प्रबन्ध मिलाउन भनिरहेको छ । अनि मजदूरहरूलाई जहाँ बसेको हो, त्यहीँ रहन भनेको छ । 

गंगाम्माका पति एच मल्लिकार्जुनले बेल्लारी आश्रयस्थलमा भोकमरी र उपेक्षाका कारण पत्नीको ज्यान गएको आरोप लगाए । त्यहाँका कर्मचारीले बेवास्ता गर्दा गंगाम्माको ज्यान गएको उनले बताए ।

उता विजयनगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरूले गंगाम्मा मिर्गौला रोगबाट पीडित रहेको र उनलाई हेपाटाइटिस बी पनि रहेको र त्यसैले गर्दा उनको मृत्यु भएको बताएका छन् । 

मुख्यमन्त्री बीएस येदुरप्पाले गंगाम्माको मृत्युप्रति शोक व्यक्त गर्दै घटनाको छानबिन गर्न माग गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्