
भारतमा कोरोना भाइरस (कोभिड १९ ) संक्रमित एक जना चिकित्सककोृ ज्यान गएको छ।
बीबीसी हिन्दीका अनुसार भारतको मध्य प्रदेशका ६२ वर्षीय डा जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीको ज्यान गएको हो। श्री अरविन्दो अस्पतालमा उपचार गराइरहेका उनको बिहीबार बिहान ज्यान गएको हो।
उनमा चार दिनअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
भारतमा कोरोनाका कारण डाक्टरको ज्यान गएको यो पहिलो घटना हो। भारतमा कोरोना कारण हालसम्म १ सय ८६ जनाको ज्यान गएको छ ।