२२ असार २०८३, सोमबार

सामाजिक दूरी कायम गर्न रुखमै बस्न थाले यी व्यक्ति, पढे गीता

चैत २८, २०७६
सामाजिक दूरी कायम गर्न रुखमै बस्न थाले यी व्यक्ति, पढे गीता

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सामाजिक दूरी कायम गर्नु अत्यावश्यक छ । मानिसहरू अहिले यसको पालन पनि गरिरहेका छन् । 

यसै क्रममा भारतको उत्तर प्रदेशस्थित हापुडमा बस्ने वकिल मुकुल त्यागीले सामाजिक दूरीका लागि घरनजिकैको रुखमा बस्न शुरू गरेका छन् । 

रुखमा बस्दा आफूलाई राम्रो अनुभव भइरहेको उनले बताए । 

उनले भने, ‘चिकित्सकहरूले कोरोना रोक्न सामाजिक दूरी नै प्रभावकारी भएको बताएपछि मैले एकान्तमा बस्न मन गरें र अहिले यसको आनन्द लिइरहेको छु ।’

रुखमा उनले खाट जस्तो कुरा पनि व्यवस्था गरेका छन् । त्यहाँ उनी आरामले सुत्न सक्छन् । उनी आराम गर्दागर्दै श्रीमद्भगवद्गीताको अध्ययन पनि गरिरहेका छन् । 

त्यागीले रुखमुनि एउटा झुला पनि बनाएका छन् । रुखबाट ओर्लेर उनी त्यहाँ पनि बस्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्