०५ असार २०८३, शुक्रबार

कोरोना फैलाएको आरोप लगाउँदै दुई समुदायबीच झैझगडा, १ जनाको मृत्यु

चैत २८, २०७६
कोरोना फैलाएको आरोप लगाउँदै दुई समुदायबीच झैझगडा, १ जनाको मृत्यु

भारतको झारखण्डमा रहेको गुमलामा दुई समुदायबीच कोरोनाका विषयमा झगडा हुँदा बोलबा उरांव नामक व्यक्तिको मृत्यु भएको छ । 

सिसईमा कोरोना फैलाएको अफवाह चलेपछि मंगलवार राति दुई समुदाय भिडेका हुन् । एक समुदायका युवकलाई पिटीपिटी हत्या गरियो भने दुवै समुदायका ६ जना घाइते भए । दुईजनाको उपचार राँचीको रिम्स अस्पतालमा भइरहेको छ । 

घटनाको दोस्रो दिन बुधवार पनि सिसई तनावग्रस्त रह्यो । उक्त इलाकामा प्रहरी बल तैनाथ गरिएको छ । 

आईजी नवीन कुमार सिंहले अफवाह फैलाउनेको पहिचान भइसकेको र उनीहरूलाई नछोडिने बताए । 

सिसईमा दुईतीन दिनदेखि कोरोना संक्रमणका विषयमा अफवाह फैलिएको थियो । त्यसैक्रममा मंगलवार साँझ बसिया रोडका अनिस आलम नामक अपांग युवक चेकपोइन्ट नजिक कुदरा गाउँ पुगे । मानिसहरू हाम्रो गाउँमा किन आएको भनेर उनलाई बेस्सरी पिटे । प्रहरीले उनलाई अस्पताल लग्यो । 

आफ्नो समुदायको युवकलाई पिटेपछि रिसाएका मानिस घरेलु हतियार लिएर सिसईतिर गए र बाहिर निस्की भनी कराउन थाले । अर्को समुदायका केही युवक त्यहाँ पुग्दा सिसईका मानिसले घातक हतियारले आक्रमण गरे । 

अहिले प्रहरीले त्यहाँ गश्ती गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्