१० साउन २०८३, आइतबार

चट्याङबाट एक युवकको मृत्यु

चट्याङबाट एक युवकको मृत्यु

बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३०  बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।
 
चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङले लागेर २० वर्षीय रेश्मी भट्ट घाइते भउका छन्। रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ।

salt training

कमेन्ट गर्नुहोस्