२४ असार २०८३, बुधबार

नेपाल–भारत महिला मैत्री समाजद्वारा १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल–भारत महिला मैत्री समाजद्वारा १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल–भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै १४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त सामग्रीहरू मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेकी छन् । 

मुख्यमन्त्री निवासमा हस्तान्तरण गरिएको उक्त स्वास्थ्य सामग्रीहरूमा पीपीई १५० थान, ग्लोब्स ४ हजार २ सय पचास, सेनिटाइजर पाँच सय एमएलको ८४ बोतेल, स्प्रे टैंक १० र सर्जिकल मास्क २ हजार थान रहेको छ । 

समाजले प्रदान गरेको स्वास्थ्य सामग्रीहरू विभिन्न अस्पतालमा पुर्‍याइने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

 

 

 

salt training

कमेन्ट गर्नुहोस्