×

NMB BANK
NIC ASIA

नेपाल–भारत सीमामा लुकीछिपी आवतजावत, कोरोना संक्रमण फैलिने ‘मुख्य चुनौती’

बैशाख १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विभिन्न प्रदेशमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपनि ५ नम्बर प्रदेशमा कोरोना भेटिएको छैन । लकडाउनको ३ हप्ता अर्थात् २१ दिन पुग्दा प्रदेशमा तेस्रो देशबाट आएका व्यक्तिबाट कोरोना भेटिएको छैन ।

Muktinath Bank

तेस्रो मुलुकबाट आएका व्यक्तिबाट संक्रमण फैलिने समय करीब सकिएकाले अब प्रदेशको मुख्य जोखिम भारतसँगको खुला सीमा नै देखिन्छ । ५ नम्बर प्रदेशका ६ जिल्लाको ३५० किलोमिटर क्षेत्र भारतसँग जोडिएका छ । नेपालसँग जोडिएका भारतका जिल्लामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकरप्रसाद चौधरीले अबको प्रमुख जोखिम नै भारत रहेको बताए । ‘भारतबाट केही व्यक्तिहरू अझै पनि लुकीछिपी नेपाल प्रवेश गरिरहेका छन्, तिनीहरूलाई रोक्नुमा नै अब हाम्रो ध्यान जान आवश्यक छ,’ चौधरीले लोकान्तरसँग भने, ‘भारतमा दोस्रो चरणबाट तेस्रो चरणमा कोरोना प्रवेश गर्दैछ । जुन नेपालका लागि पनि खतराको घण्टी बज्नु हो । अबको बल सीमामा कडाइ गर्नु नै हो । हामीलाई प्रत्यक्ष असर भारतले पार्छ ।’


Advertisment
Nabil box
Kumari

सीमानाका बन्द गरिएपनि मालबाहक गाडी भारतबाट आइरहेका छन् । सीमाबन्द गरिएको छैन । कुनै न कुनै रुपमा भारतबाट मानिसहरू आइरहेका छन् ।

Vianet communication
Laxmi Bank

प्रदेशमा क्वारेन्टाइनमा रहेकाहरूलाई र्‍यापिड (आरडीटी) मार्फत् चेकजाँच पनि चलिरहेको छ । क्वारेन्टाइनमा २ हजार ५०५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म ७०६ जनाको जाँच गरिसकिएको छ । जाँच भएका कसैमा पनि कोरोना ‘पोजेटिभ’ देखिएको छैन ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर केसी भारतसँग जोडिएका नाकादेखि अन्य ठाउँमा कडाइ गरिएको बताए । ‘प्रदेशको भारतसँग ३५० किलोमिटर क्षेत्र जोडिएको छ । त्यसमा २७ वटा ठूला नाकाहरू छन् । तीबाहेक अन्य बस्ती जोडिएका गाउँठाउँमा पनि हाम्रो गस्तीदेखि कडाइ गरिएको छ,’ केसीले भने, ‘सीमामा मात्रै हाम्रो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७ हजारलाई परिचालन गरिएको छ । कतैबाट लुकेर नेपाल प्रवेश गर्नुहरूबाट नै हामीलाई चुनौती छ । नाकाबाहेक अन्य सम्भावित ठाउँमा पनि पोस्ट राखेर प्रहरी परिचालन गरेका छौं ।’

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने गरेका व्यक्तिलाई नेपालबाट भारत जानेलाई नेपालको क्वारेन्टाइन र भारतबाट नेपाल आउनेलाई भारतकै क्वारेन्टाइनमा राख्ने गरिएको प्रहरीले जनाएको छ । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण भेटिएको छ । 

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले कोरोना भाइरसका नयाँ–नयाँ लक्षण देखिएकाले अब क्वारेन्टाइनमा बस्ने समय २ हप्ता नभएर ४ हप्ता बनाउनुपर्ने बताए । ‘हामी अब ५ नम्बर प्रदेशमा हवाईजहाजबाट आउनेहरूको संक्रमणबाट जोगिएका छौं । अब हामी भारतबाट लुकीछिपी पैदल हिँडेर नेपाल प्रवेश गर्नेहरूबाट जोगिनुपर्‍यो/उनीहरूको प्रवेशलाई रोक्नुर्‍यो । नत्र हामीलाई भारतमा फैलिने क्रम बढ्दा हामीलाई जोखिम घटेको मान्न सकिँदैन,’ डा. खनालले लोकान्तरसँग भने, ‘कोरोना फैलिन सरकारले मात्र रोक्न सक्दैन । सरकार र सरोकारवाला सचेत हुनुपर्छ ।’ रुपन्देहीको मर्चवार नजिकै भारतको कोल्हुई बजारमा कोरोनाका ६ जना बिरामी भेटिएका छन् । 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले हालसम्म ८० जनाको स्वाब जाँच गरिएको बताए । त्यसमा कसैको पनि रिपोर्ट पोजेटिभ नदेखिएको उनले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई बुटवलमा रहेको नेसनल प्याथ ल्याबले पनि आफ्नो मेसिन उपलब्ध गराएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x