०३ साउन २०८३, आइतबार

ट्र्याक्टर दुर्घटनामा ८ बालबालिका घाइते, ६ को अवस्था चिन्ताजनक

बैशाख १, २०७७
ट्र्याक्टर दुर्घटनामा ८ बालबालिका घाइते, ६ को अवस्था चिन्ताजनक

दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने सात्तला झुँजको धनवीरे गडा नजीक ट्र्याक्टर दुर्घटना हुँदा ८ बालबालिका घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ।

 कर्णाली प्रदेश ०२००१ त ००५९ नम्बरको ट्र्याक्टर सोमबार साँझ सडकबाट करीब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले जानकारी दिए। घाइते चारजना बालबालिका बेहोस छन्, दुई जनाको होस आएको र अन्य दुईजना बोल्न सक्ने अवस्थामा रहेको प्रत्यक्षदर्शी वीरबहादुर नेपालीले जानकारी दिए। 

आठबीस नगरपालिका–१ को भानु आधारभूत विद्यालयको भवन निर्माणका लागि बालुवा पु¥याएर सिमगाउँबाट फर्किने क्रममा ट्र्याक्टर दुर्घटना भएको नेपालीले बताए। आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले दुर्घटनामा घाइते बालबालिकाको उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत सुर्खेत पठाउने तयारी भएको बताए। 

सबै घाइते एम्बुलेन्समा नअटेपछि थप अर्को जीपमा घाइते बालबालिकालाई सुर्खेत पठाउने तयारी गरेको उपाध्यायको भनाइ छ। आठबीस नगरपालिकाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुग्न करीब ४ घण्टा लाग्दछ। बालबालिकालाई स्थानीय सात्तला स्वास्थ्य चौकीमा सामान्य उपचार गराइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्