२७ असार २०८३, शनिबार

अमेरिकामा २३ हजार ६ सयको मृत्यु, भारतमा संक्रमितको संख्या १० हजार माथि, चीनमा पनि ८९ नयाँ संक्रमण

बैशाख २, २०७७
अमेरिकामा २३ हजार ६ सयको मृत्यु, भारतमा संक्रमितको संख्या १० हजार माथि, चीनमा पनि ८९ नयाँ संक्रमण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण मंगलवारसम्म विश्वभर संक्रमितको संख्या १९ लाख २४ हजार ६ सय ७९ पुगेको छ । विश्वभर मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ९२ पुगेको छ भने ४लाख ४५ हजार निको भएका छन् । 

मंगलवारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा २३ हजार ६ सय ४० पुगेको छ । अमेरिकामा ५ लाख ८६ हजार ९ सय ४१ मा संक्रमण देखिएको छ भने ३६ हजार ९ सय ४८ निको भएका छन् । 
बेलायतमा मृतकको संख्या ११ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ भने ८८ हजार ६ सय २१ संक्रमित छन्् । 

सन् २०१९ को डिसेम्वरमा चीनको वुहान शहरवाट कोरोनाको संक्रमण शुरू भएको थियो ।  कोरोना नियन्त्रणमा आएको चीनमा सोमवार ८९ नयाँ संक्रमण देखा परेकाछन् । चीनमा संक्रमितको संख्या ८२ हजार २ सय ४९ पुगेको छ । चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४१ छ । 

कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डमिटरका अनुसार नेपालको दक्षिणी छिमेकी भारतमा संक्रमतिको संख्या १० हजार ४ सय ५३ पुगेको छ । मंगलवारसम्म भारतमा ३ सय ५८ जनाको मृत्यु भएको छ । भारतमा १ हजार १ सय ८१ संक्रमित निको भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्