३१ जेठ २०८३, आइतबार

लकडाउनमा खुलेको काठमाडौंको सडक [फोटोफिचर]

बैशाख २, २०७७
लकडाउनमा खुलेको काठमाडौंको सडक [फोटोफिचर]

कोरोनाभाइसर (कोभिड– १९) फैलिन नदिन ३ सातादेखि जारी लकडाउनको अवधिमा काठमाडौं उपत्यकाको सडकमा नयाँ चमक देखिन थालेको छ ।

सडकमा छेउछाउका बिरुवाहरू समेत हरियो र सफा देखिएका छन् । सडक छेउका फूलहरू पनि निर्धक्क फुलेको देखिन्छ ।

तीनकुने, बानेश्वरदेखि माइतीघरसम्मको दृष्य मनोरम छ । नयाँ वर्ष २०७७ शुरूआतमा उपत्यकामा सडकहरू सुन्दर देखिएका छन् । 

सडक विभागले उपत्यकामा विभिन्न ठाउँमा सडकलाई कालोपत्रे गरेको छ भने सडकका छेउछाउमा र बीचमा मार्किङ गरेपछि सडकको सुन्दरता बढेको हो ।

बिहानको समयमा सिंहदरबारको पश्चिम गेटबाट उत्तरतर्फ हेर्दा हिमालको काख हुँदै उपत्यकामा सडक आएको भान हुन्छ । 

काठमाडौंका सिंहदरबार, माइतीघर, बबहरमहल, बानेश्वर, तीनकुने, पुतलीसडक, रत्नपार्क, बालाजु सोह्रखुट्टे लगायतका सडकहरूमा सडक विभागले जेब्रा क्रसिङ, रोड मार्किङ गरेको छ ।

अन्य समयमा मार्किङ गर्दा पनि सडकमा लाइन ३/४ दिन मात्रै राम्रोसँग देखिन्थ्यो र त्यसपछि कहाँ छ भनेर खोज्नुपर्थ्यो अहिले सफा र राम्रो देखिएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले लोकान्तरसँग भने ।

हेर्नुहोस्, तस्वीरहरू ः

salt training

कमेन्ट गर्नुहोस्