०७ असार २०८३, आइतबार

राहत बोकेर नगर प्रमुख वडावडामा

बैशाख ३, २०७७
राहत बोकेर नगर प्रमुख वडावडामा

अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले राहत बोकेर नगरबासीको घर घरमा पुगेको छन् ।

नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाको संख्या कति रहेछ भन्दै शुरूमै लगत संकलन गरिएको थियो ।

वडा र टोल विकास संस्थामार्फत त्यस्ता समुदायको लगत संकलन गराएपछि प्रमुख आफैंले पनि अनुगमन गरेका थिए । 

पहिलो चरणको राहत वितरणमा केही गुनासो आएको सूचना पाएपछि प्रमुख कार्कीले उपप्रमुख रानालाई लिएर आफै सबै वडामा पुगेका हुन । दोस्रो चरणमा एक जार नौ सय ३३ विपन्न परिवारको लगत संकलन भएको थियो । तिनै परिवारका लागि राहत बोकेर प्रमुख कार्की र उपप्रमुख राना टोलटोलमा पुगेका थिए । 

परिवारको संख्याका आधारमा कम्तिमा १० दिनलाई पुग्ने खाद्यान्न दिएर प्रमुख कार्की, उपप्रमुख राना मंगलबार बिहानैदेखि खटिएका छन् । यो सैनामैनाले वितरण गरेको दोस्रो चरणको राहत हो । दैनिक ज्यालादरी गरी छाक टार्ने परिवार र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका परिवारलाई दोस्रो चरणमा राहत वितरण गरिरहेको उपप्रमुख रानाले बताइन् ।  

उपप्रमुख बिना रानासहित वरिष्ठ अधिकृत केशव अर्यालसहितको टोली लिएर प्रमुख कार्की मंगलवार बिहानैदेखि राहतसहित टोलटोलमा पुगेको देखेपछि स्थानीय अगुवाले प्रसंशा गरेका थिए । 

‘राहत दुरुपयोग हुनबाट रोक्ने, लक्षित समूहमै पुग्ने र नगरबासीमा समेत अभिभावक टोलटोलमा आएको अनुभूति हुने काम भएको छ,’ सैनामैना वडा नम्बर ११ का युवा अगुवा यमलाल खरेलले सैनामैनाको यो कामको प्रशंसा गरे ।

खरेल नेतृत्वको मदन भण्डारी स्पोर्टस् एकेडेमीले संकलन गरेको राहतको खाद्य सामग्री प्रमुख कार्कीलाई नै हस्तान्तरण गरेको थियो । 

चामल २५ हजार ४३१ किलो, १ हजार ९३३ किलो दाल, १ हजार ९३३ किलो नून, १ हजार ९३३ किला चिउरा, १ हजार ९३३ लिटर खाने तेल र १ हजार ९३३ वटा हात धुने साबुन दोस्रो चरणमा वितरण गरिन लागेको प्रमुख कार्कीले जानकारी दिए । अत्यावश्यक परेका खण्डमा भने तत्कालै राहत दिनसक्ने गरी संयन्त्र तयार पारिएको कार्कीले बताए ।  

नगरपालिकाले दिएको तथ्यांकमा वडा नम्बर १ मा ३९०, वडा नम्बर २ मा ११८, वडा ३ मा १२७, वडा ४ मा १९५ तथा वडा ५ मा १४१, वडा नम्बर ६ मा २३४, वडा ७ मा ७०९ जनालाई राहत वितरण शुरू गरिएको छ ।

यसैगरी वडा नम्बर ८ मा ८९ जना, वडा नम्बर ९ मा २५३, वडा नम्बर १० मा १५६ र वडा नम्बर ११ मा १५१ घरपरिवारका लागि दोस्रो चरणको राहत वितरण गरिन लागेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

यसअघि २ हजार ८ परिवारलाई पहिलो चरणमा राहत वितरण गरिसकिएको नगरपालिकाले जनाएको छ । जसअन्र्तगत १४ हजार ६२ किलो चामल, २ हजार ८ किलो दाल, २ हजार ८ किलो नून, २ हजार ८ किलो, चिउरा, २ हजार ८ लिटर खाने तेल र २ हजार ८ वटा हात धुने साबुन वितरण गरिसकिएको सैनामैनाका वरिष्ठ अधिकृत केशव अर्यालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्