३१ असार २०८३, बुधबार

डब्ल्युएचओलाई सहयोग नगर्ने ट्रम्पको घोषणापछि कड्क्यो चीन

डब्ल्युएचओलाई सहयोग नगर्ने ट्रम्पको घोषणापछि कड्क्यो चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेपछि चीन आक्रोशित भएको छ ।

मंगलवार ट्रम्पले महामारीको सही व्यवस्थापन गर्न नसकेको र चीन केन्द्रित भएर काम गरिरहेको आरोप लगाउँदै डब्ल्युएचओलाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । उनले सही ढंगबाट सूचना नदिएको आरोपसमेत लगाए ।

बुधवार चीनका विदेश प्रवक्ता जाओ लिजियानले ट्रम्पको घोषणालाई चीनले गम्भीर रूपमा लिएको बताए ।

‘अमेरिकी राष्ट्रपतिको यो घोषणाले डब्ल्युचओको काम गर्ने क्षमतालाई कमजोर बनाएको छ,’ प्रवक्ता लिजियानले भने, ‘चीनले डब्ल्युएचलाई सधैं समर्थन गरिरहन्छ । विश्वको जनस्वास्थ्यमा डब्ल्युएचओले खेलेको भूमिका र विश्वव्यापी महामारीको बेलामा चाल्नुपर्ने कदम सधैं प्रशंसनीय छ ।’

राष्ट्रपति ट्रम्पको घोषणालाई विश्व जनस्वास्थ्यका जानकार, नीति निर्माता र स्वयम् अरबपति बिल गेट्सले पनि आलोचना गरिरहेका छन् । ट्रम्पलाई अमेरिकी जनताले पनि आलोचना गरिरहेको समाचार ब्लूमबर्गले प्रकाशित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्