२० असार २०८३, शनिबार

व्यापक आलोचनापछि कुकुर र बिरालोको मासु खान चीनले लगायो प्रतिबन्ध

व्यापक आलोचनापछि कुकुर र बिरालोको मासु खान चीनले लगायो प्रतिबन्ध

चीनले भटाभट आफ्ना नागरिकलाई कुकुर, बिरालोको मासु खान प्रतिबन्ध लगाउँदै गएको छ । आउँदो अंग्रेजी महिना मे १ देखि सेन्जेन र जुहाइ दुवै सहरमा घरपालुवा जनावरको मासु खान प्रतिबन्ध लगाउने भएको हो ।

चिनियाँ सरकारले गत मार्चमा घरपालुवा जनावरको मासु खान प्रतिबन्ध लगाउने कानून बनाएको थियो । दुवै सहरमा मे १ देखि कता कानून लागू हुनेछ ।

शुरूमा सेन्जेन सहरमा मात्र प्रतिबन्ध लगाउने भनिएता पनि पछि जुहाइमा पनि यस्तो प्रतिबन्ध लगाउन अधिकारीहरू सहमत भएका थिए ।

जुहाइको एक स्थानीय सञ्चारमाध्यमले त्यहाँका सरकारी अधिकारीहरूको भनाइ उदृत गर्दै लेखेको छ, ‘सरकारी प्रस्तावमा कुकुरलाई साथी जनावरका रूपमा लिइएको छ ।’ जुहाइ मकाउसँग सिमाना जोडिएको सहर हो ।

घरपालुवा जनावरको मासु खान प्रतिबन्ध लगाइएको दुवै सहर चीनको दक्षिणी प्रदेश गुवाङडोङमा अवस्थित छन् ।

मंगलवार जुहाइ सहरका सरकारी अधिकारीहरूले एक पत्रकार सम्मेलन गर्दै यस्तो कानून मे १ देखि प्रभावकारी रूपमा कार्यान्वयन हुने जानकारी दिएका थिए ।

उक्त कानून नमान्नेले उनीहरूले व्यापार गरेको या खाएको मूल्य भन्दा २० गुणासम्म बढी जरिवाना तिर्नुपर्ने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्