
सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ नमूनामध्ये एक जनामा कोभिड– १९ नेगेटिभ आएको छ ।
स्वास्थ्य मन्त्रालयले बुधवार नियमित पत्रकार सम्मेलनमा सनसिटीबाट ल्याइएको तेस्रो नमूनामा कोरोना नेगेटिभ देखिएको पुष्टि गरेको हो ।
एकै परिवारका अन्य २ जनामा भने कोरोना पोजेटिभ देखिएको पुष्टि सरकारले हिजै गरिसकेको छ ।
नेपालमा हालसम्म १६ जनामा कोरोना पोजेटिभ पाइएको पुष्टि सरकारले गरिसकेको छ ।