०२ साउन २०८३, शनिबार

संसदको रेकर्डवाट ‘बहुला कुकुर’ हटाउन सभामुखको रुलिङ

कात्तिक २०, २०७४
संसदको रेकर्डवाट ‘बहुला कुकुर’ हटाउन सभामुखको रुलिङ

 

काठमाडौं, १७ मंसिर– सभामुख ओनसरी घर्तीले संसदको रेकर्डबाट ‘बहुलाहा कुकुर’ भन्ने शव्द हटाउन रुलिङ गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बहुलाहा कुकुरले टोकेको हो कि रु भन्ने नेकपा मालेका महासचिव सीपी मैनालीको भनाईप्रति नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको नियमापत्तिपछि सभामुखले संसदको रेकर्डवाट ‘बहुला कुकुर’ भन्ने शव्द हटाउन निर्देशन दिएकी हुन् ।

samsad-nepal

जनताहरु मिलेर बसेको समयमा सरकारले संविधान संशोधन मार्फत प्रदेश टुक्राउने निर्णय गरेको भन्दै मैनालीले आपत्ति जनाउने क्रममा प्रधानमन्त्रीलाई बहुलाहा कुकुरले टोेकेको हो कि भनेर प्रश्न गरेका थिए । सो शव्द गैरसंसदीय शव्द भन्दै सभामुखले रेकर्डबाट हटाउन रुलिङ गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्