
काठमाडौं, ७ — नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओबादीले आयोजना गरेको विहीवारको नेपालबन्दको प्रभाव फितलो देखिएको छ ।
बन्दको कारणले उद्योगधन्दा तथा शैक्षिक संस्थाहरू नखुलेपनि काठमाडौंको सडकमा गाडीहरू निस्फिक्री गुडिरहेका छन् । बन्दको अत्यन्तै धेरै प्रभाव पर्ने सार्वजनिक यातायातको क्षेत्रमा कम प्रभाव परेको हो ।
सर्वसाधारणहरूले बन्दको अवेज्ञा गरेर सवारी चलाइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौंमा निजी सवारी साधनहरु मात्रै होइन सार्वजनिक यातायातका साधनहरू पनि चलेका छन् । काठमाडौंको सुन्धारादेखि विभिन्न ठाउँमा जाने गाडीहरू सजिलै पाइन्छ । तर समान्य दिनमा भन्दा अत्यन्तै थोरै गाडी चलेका छन् । प्रहरीले आफूहरू सुरक्षाको लागि तयार रहेकोले बन्दको अवेज्ञा गरेर सवारी चलाउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी प्रधुन्न कार्कीले अहिले सम्म काठमाडौं उपत्यकाभीत्रको अवस्था सामान्य रहेको बताए । ‘अहिले सम्म कहीँ कतै अप्रीय घटना घटेका छैनन् भने बन्दको प्रभाव कम छ,’ उनले भने, ‘अहिले सम्म १४ जना बन्द आह्वान कर्ता पक्राउ पेका छन् ।’ उनले प्रहरी सुरक्षाको लागि तयार रहेकोले सडकमा गाडी गुडाउनको लागि सर्वसाधरणलाई अपिल समेत गरेका छन् ।