३१ जेठ २०८३, आइतबार

विभिन्न देशले लकडाउन खुकुलो पार्न थाले

बैशाख ८, २०७७
विभिन्न देशले लकडाउन खुकुलो पार्न थाले

सार्वजनिक स्वास्थ्य र संकटग्रस्त अर्थतन्त्रबीचको द्वन्द्वमा फसेका विश्वका कैयौं देशले विगत २४ घन्टामा लकडाउन खुकुलो बनाउन थालेका छन् । 

अस्ट्रेलियाको सिड्नीमा तीनवटा समुद्री किनारहरू सोमवार पुनः खुला गरियो । तर त्यहाँ व्यायामका लागि मात्र अनुमति दिइएको छ । ‘बालुवामा बस्ने, घाममा छाला सेकाउने वा समूहमा भेला हुने कामको अनुमति छैन,’ मेयर ड्यानी सइदले बताए । 

भारतमा औद्योगिक र कृषि क्षेत्रलाई खुला गरिएको छ तर देशमा कोरोनाभाइरस केस पनि बढिरहेको छ । 

इरानमा अघिल्लो सातादेखि लकडाउन खुकुलो बनाइएको छ । सोमवारबाट ठूला शपिङ सेन्टर र शहरका सडकहरू खुला गरिएका छन् । तेहरानको ऐतिहासिक ग्रान्ड बजार पनि खोलिएको छ तर बेलुका ६ बजेपछि पसल सञ्चालन गर्न रोक छ ।

युरोपमा जर्मनी, पोल्यान्ड, नर्वे, चेक गणतन्त्र र अल्बानियाले लकडाउन खुकुलो बनाउन थालेका छन् । तर फ्रान्स र स्पेनले चाहिँ अहिलेको चरणमा लकडाउन खुकुलो नबनाउने निर्णय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्