कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
बैशाख १२, २०७७
दैलेख जिल्लाका स्थानीय तहले विना बर्दिवाला प्रहरीलाई कोरोना विरुद्धको लडाईमा खटाइरहेका छन् ।
दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबीस नगरपालिकाले बाहिरबाट आउने नागरिकलाई सोझै टोलमा पस्न नदिनका लागि विहान ६ बजेदेखि साँझसम्म बाटोमा युवाहरूलाई खटाइरहेको पाइएको हो । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ मा हेल्थ क्याम्प नै राखेर नगरपालिकाले ज्वरो नाप्ने, आएकाहरूको विवरण राख्ने काम गरिरहेको हो ।
सामाजिक विकास मन्त्रालयबाट खटेका एच ए सुनिल शाही र सोही वडामा रहेका स्वास्थ्यकर्मी गरि दुई जनालाई मध्यपहाडि राजमार्गको प्रवेशद्वार नजिकै ड्यूटिमा खटाइएको हो । ‘हामी हरेक दिन यहाँ आउँछौैं । कोही पनि व्यक्ति आएको खण्डमा ज्वरो नाप्ने काम गर्दै आइरहेका छौं । शंका लागेको खण्डमा नगरपालिकालाई हामीले खबर गर्ने गरेका छौं,’ शाहीले भने, ‘यसका अलावा विभिन्न औषधीहरू दिने काम पनि गरिरहेका छौं ।’
दुल्लु नगरपालिकाले आफ्ना वडा प्रवेश नाकामा सडक नै बाँसले छेकेर विना पास भएकाहरूलाई गाउँ पस्न दिएको छैन । वडा नं. ६ विनायकमा सडकमा मुडा तेस्र्यांइएको छ भने बाँसको ढाँट निर्माण गरिएको छ । छिउडी पुसाकोट, सातखम्ब, वडा नं. पाँचको चाँदनीचोक, वडा नं. ९ लगायतका धेरै स्थानमा यसरी ढाँट राखेर को गाउँ आयो, किन आएको हो भन्ने विवरणसमेत स.कलन गर्न स्वयंसेवक परिचालन गरिएको छ ।
वडा नं. ९ प्रवेशद्धारमा दुइ जना स्वंयसेवक खटाइएका छन् । तेजबहादुर भट्ट र विकास खत्री त्यहाँ विहान देखि साँझसम्म हातमा रजिष्टर समातेर बसिरहेका छन् । ‘हामीले कोही कसैलाई पनि विना अनुमति गाउा पस्न दिएका छैनौं । कोरोना गाउँ पस्न सक्ने नगरको चेतावनी पश्चात नाकामा हामीले कडाई गरिरहेका छौं,’ भट्टले भने, ‘पैदल हिडनेलाई पास मागिरहेका छौं । बाहिरबाट आउने सबै गाडीलाई कडाई गरिरहेका छौं । विना पास कसैलाई पनि जान दिएका छैनौं ।’
वडामा खाद्यान्न ल्याउने साभन आएको खण्डमासमेत सिमानामा नै सामान झार्ने र त्यहिँदेखि अर्को गाडीमा राखेर सामान लैजाने व्यवस्था वडा कार्यालयले मिलाएको उनको भनाइ थियो ।
ठाँटीकाँध गाउँपालिका वडा नं. एकले पनि स्वंयसेवक खटाएको छ । रविन्द्र शाही विहानै देखि साँझसम्म बसिरहेका छन् । उनले को आए भन्ने विवरण टिप्ने, कहाँबाट आएका हुन भन्ने कुराको जानकारी वडा कार्यालयलाई दिने गरेका छन् । शंका लागेको खण्डमा उनले वडा कार्यालयलाई जानकारी दिने र त्यहिबाट फर्काइदिने काम गरिरहेका छन् ।
यी प्रतिनिधिमूलक कार्यहरू हुन कोराना विरुद्धका स्थानीय तहका । दैलेखको गुराँस गाउँपालिकाका नागरिकले सुर्खेतबाट पैदल गाउँ फर्कनेहरूकालागि बाटो चिन्न सहयोग होस भनेर बाटोमा सूचना पाटी राखेका छन् । उनीहरूले पैदल जानकोलागि नक्सा नै निर्माण गरेर सहयोग गरिरहेका छन् ।
‘कोरोना विरुद्धको लडाईमा हामीले सकेसम्म वडावासीलाई बचाउने प्रयास गरेका छौं,’ चामुण्डा विन्द्रासैनीका नगरप्रमुख सुर्यबहादुर शाहीले भने, ‘हरेक घरमा एक स्वास्थ्य अभियान्ता निर्माण गरिसकेका छौं । हरेक टोलमा एक सूचना दिने व्यक्ति छनौट गरेका छौं । वडामा यस्ता ४५० जना युवा हामीले खटाएका छौं । यसरी कोरोना संक्रमण फैलन नदिने गरि हामीले तयारी गरेका छौं ।’
आठबीस नगरपालिका प्रमुख खड्गराज उपाध्यायले कोरोनाबाट जोगाउन सबै स्थानमा कडा चेकजाँच गरिएको बताए । ‘राजमार्गमा अलिकति असहजता भएको छ । अन्य जिल्लाका नागरिक पैदल आउने र उनीहरूलाई गन्तब्यमा पुर्याउन हामीलाई समस्या भएको छ,’ उनले भने, ‘तर हामीले हाम्रो गाउँमा आएकाहरूलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राखिरहेका छौं । बाहिरबाट आउने जो सुकैले अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने र स्वास्थ्य जाँच पछि उ स्वस्थ रहेको पाइएमात्र घर जान दिइएको छ ।’
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...