
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोनाका बिरामीमुक्त भएको दाबी गरेका छन् ।
नेपालकी सबैभन्दा पाको कोरोना संक्रमित निको भएसँगै काठमाडौं कोरोना बिरामी मुक्त भएको जानकारी प्रधानमन्त्री ओलीले ट्विटरमार्फत गराएका हुन् ।
'कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो हुनु भएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थ्यको कामना गर्दछु,' प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन् ।
काठमाडौं उपत्यकाका अस्पतालमा उपचाररत सबै बिरामी निको भएर फर्किएका हुन् ।