२१ असार २०८३, आइतबार

बोलन्या थलीको ‘दैलोमै दवाई’ अभियान : अपाङ्ग व्यक्तिलाई २६ हजारको औषधि सहयोग

बैशाख १२, २०७७
बोलन्या थलीको ‘दैलोमै दवाई’ अभियान : अपाङ्ग व्यक्तिलाई २६ हजारको औषधि सहयोग

सुदूरपश्चिमका विभिन्न सामाजिक अभियानमा सक्रिय बोलन्या थली संस्थाले अपाङ्गता भएका व्यक्तिलाई २६ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री र औषधि सहयोग गरेको छ ।

लकडाउनको बेला ‘दैलोमा दवाई’ अभियान सञ्चालन गरेको संस्थाले कञ्चनपुरका ८ र बैतडीका २ जनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने लक्ष्यसहित पहिलो चरणमा स्पाइनल कर्ड इन्जुरी भएका अपाङ्गतालाई इयर मेट्रेड, सीआरसी पाइप, युरिन ब्याग, जेली, ग्लोब्स, डिस्ट्रिल वाटर, स्यानिटाइजर, माक्स, एडिसिप पेपर, डाइफर लगायतका सामग्री हस्तान्तरण गरिएको अभियानका संयोजक यादव जोशीले बताए ।

अभियानलाई वेस्ट डाइजेस्टकी सञ्चालक सिर्जना जोशीले आर्थिक सहयोग गरेका संयोजक जोशीले बताए । लकडाउनका बेला बोलन्या थलीले अत्यावश्यक औषधि घरदैलोमै पुर्‍याउन धनगढीमा सहयोग गर्दै आएको छ ।

औषधिको अभावमा रहेका अन्य अपाङ्गता भएका व्यक्तिलाई समेत सहयोग चाहिए सम्पर्क गर्न संयोजक जोशीले आह्वान गरेका छन् । जोशीले सहयोगको आग्रह गर्न ९८५८४८०६५४ नम्बर दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्