
चीनको हार्बिन शहरमा कोरोनाभाइरस फैलिएपछि कडा लकडाउन लगाइएको छ ।
त्यहाँ अहिलेसम्म ७० जनामा संक्रमण देखिएको र चार हजारभन्दा बढीको परीक्षण गरिएको छ । न्युयोर्कबाट फर्केर आएका एक विद्यार्थीले कोरोना भित्र्याएको हुनसक्ने समाचारहरूमा आएको छ ।
अधिकारीहरूले मानिसहरूलाई भेला हुन रोक लगाएका छन् र कुनै पनि गैरस्थानीय व्यक्ति तथा वाहनलाई कडा निगरानी गर्न भनेका छन् । उक्त शहरको जनसंख्या लगभग एक करोड छ ।
विमानस्थल तथा ट्रेन स्टेसनहरूमा चेकपोइन्ट खडा गरिएको छ । बाहिरबाट आउनेको कडा जाँच गरिँदैछ ।
वुहानमा जम्मा दुईजना गम्भीर बिरामी रहेको घोषणा चीनले गरेकै दिन हार्बिनमा संक्रमण फैलिएको पाइएको हो ।
हार्बिन उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको रानधानी हो र रुसको सीमा नजिक पर्छ ।
सरकारले निर्देशिका जारी गरेर स्थानीय बासिन्दा, पर्यटक र शहर भित्रिने गाडीमाथि थप कडा प्रतिबन्ध लगाएको छ ।