३० असार २०८३, मंगलबार

काठमाडौंमा रोकिएकाहरूलाई नेता वामदेव गौतमको पहलमा बर्दिया पठाइयो

बैशाख १२, २०७७
काठमाडौंमा रोकिएकाहरूलाई नेता वामदेव गौतमको पहलमा बर्दिया पठाइयो

काठमाडौंमा अलपत्र बर्दियाका युवा, विद्यार्थी तथा मजदुरहरूलाई नेकपा उपाध्यक्ष वामदेव गौतमको पहलमा बर्दिया पठाइएको छ ।

नेता गौतम तथा सांसद तुल्सी थापाको पहल तथा हेराल्ड कलेज सञ्चालक नारायणप्रसाद उपाध्याय तथा मोर्गन कलेजका सञ्चालक दीपेन्द्र भण्डारीको समन्वयमा उनीहरूलाई घर फिर्ता पठाइएको हो ।

उनीहरूलाई ६ वटा बसमा घर फिर्ता पठाउने क्रममा मित्रबन्धु अधिकारी, महेन्द्र विष्ट, प्रवेश महत क्षेत्री, शिशिर पौडेललगायतको समेत भूमिका थियो ।

एक महिनाभन्दा लामो समयदेखि काठमाडौंमै रोकिएका युवा, विद्यार्थी तथा मजदुरहरूलाई घर पठाउनुका साथै बेखर्ची भएकाहरूलाई सहयोग तथा जिल्लामा स्वास्थ्य सामग्री समेत उपलब्धताका लागि सहयोग गर्दै आएको नेता गौतमको सचिवालयले जनाएको छ ।

नेपालमा लकडाउन शुरू भएको हिजो ११ गते १ महिना पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्