काठमाडौं, ७ पुस — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की माथि परेका रिटको सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेका चारवटा सहित सातवटा रिटमाथि न्यायाधिशहरू इश्वर खतिवडा, आनान्दमोहन भट्टराई र अनिलकमाुर सिन्हाको इजलासमा सुनुवाई सुरु भएको हो ।
अख्तियार प्रमुखका लागि लोकमानको योग्यता नपुगेकोले नियुक्ती बदर गर्नुपर्ने, निलम्बनमा परिसकेपछि सेवा सुविधा खोस्नुपर्ने लगायतका माग राख्दै उनी माथि रिट परेका छन् ।