×

NMB BANK
NIC ASIA

निकम्मा लकडाउन : प्रहरी नै माइकिङ गर्दै यात्रुलाई ट्रकमा 'लोड' गरेर उपत्यकाबाहिर पठाउँदै

बैशाख १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी (लकडाउन) फितलो बन्दै गएको छ ।

Muktinath Bank

गत चैत्र ११ गतेदेखि शुरू भएको लकडाउन पटक–पटक थप गर्दै वैशाख १५ गतेसम्म लम्ब्याइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउन लम्बिँदै गएपछि दैनिक ज्यालादारी काम गर्ने मजदुर तथा राजधानीबाट घर फर्किने सर्वसाधारणको लर्को छ । मंगलवारदेखि राजधानी बाहिर जाने नाका कलंकी र कोटेश्वरमा यात्रुको भीड दशैैंको समयमा जस्तै देखिएको छ ।


Advertisment
Nabil box
Kumari

दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका स्थानीय तहले आफ्नो क्षेत्रका सर्वसाधारणलाई बस रिजर्भ गरेर यात्रु ओसार्न थालेपछि मंगलवार कोटेश्वर–लोकन्थली क्षेत्रमा जाम परेको थियो । 

Vianet communication
Laxmi Bank

मंगलवार एक पटक हजारौं यात्रुले उपत्यका छाडेका थिए । बुधवार कोटेश्वर क्षेत्रमा जम्मा भएकालाई भने प्रहरीले फिर्ता पठाएको थियो । मंगलवारपछि शुक्रवार फेरि कलंकी र कोटेश्वरमा यात्रुको भीड लागेको थियो । 

शुक्रवार साँझ कलंकी र कोटेश्वर क्षेत्रमा प्रहरीले माइकिङ नै गरेर यात्रुलाई ट्रक तथा बसमा राखेर गन्तव्यमा पठाएको थियो । यसअघि सर्वसाधारण काठमाडौं बाहिर जान खोज्दा नदेखेझै गर्ने प्रहरीले माइकिङ गरेरै ट्रकमा हालेर पठाएको थियो ।

‘धनगढी जाने कोही हुनुहुन्छ भने आउनुस्’ प्रहरीले माइकिङ गरेर बोलाएपछि एकहुल सर्वसाधारण ना८ख ५६३ नम्बरको ट्रकमा चढे ।

कलंकीको दृश्य

‘अलपत्र यात्रुलाई गाडीमा हालेर पठाउन सहजीकरण गरिरहेका छौं,’ कोटेश्वर जडिबुटी क्षेत्रमा खटिएका एक प्रहरी अधिकारीले भने । यसबारे प्रहरी अधिकारी औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

‘मन्त्री, सांसद र प्रभावशाली नेताहरूले समन्वय गरेर पठाएका गाडी हामीले रोक्न सकेका छैनौं, न त बाहिरिएका यात्रुको संख्या राख्न सकेका छौं,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले लोकान्तरसँग भने । मन्त्री र सांसदहरूले स्थानीय तहसँग समन्वय गरेर आफ्नो जिल्लाका अलपत्र नागरिकलाई गन्तव्यमा पठाउने काम गरेका छन् ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेर एक क्षेत्रबाट अर्को क्षेत्रमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो । लकडाउनका कारण सार्वजनिक यातायात नचलेपछि मजदुरहरू सयौं किलोमिटर पैदल यात्रा गरेर हिँडेका थिए । 

जडीबुटीको दृश्य

अन्तर्राष्ट्रिय हवाइ उडान र सीमानाका बन्द कायम राख्दै वैशाख १५ गतेपछि लकडाउनको स्वरुप फेर्नेबारे सरकारी संयन्त्रमा छलफल भइरहेको छ । उपप्रधान एवं रक्षामन्त्री संयोजकत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक शनिवार बस्दैछ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमित बिरामी नरहेका कारण उपत्यकामा लकडाउन केही खुकुलो बन्न सक्ने संकेत सरकारी संयन्त्रले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश लेख्दै पाटन अस्पतालमा उपचारत ८१ वर्षीया महिला निको भएसँगै काठमाडौं उपत्यका कोरोना संक्रमित बिरामीमुक्त भएको घोषणा गरेका थिए ।  

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको भन्दै निजी क्षेत्रले लकडाउन खुकुलो बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x