०४ असार २०८३, बिहीबार

पत्नीको मृत्युपछि पति पक्राउ

बैशाख १३, २०७७
पत्नीको मृत्युपछि पति पक्राउ
प्रतिकात्मक तस्वीर

डोटीको शिखर नगरपालिका–८ बस्ने ३० वर्षीया राजु दमाईको टाउकामा चोट लागेर मृत्यु भएपछि घटना शंकास्पद भएको जनाई पति कृष्णलाई जिल्ला प्रहरी कार्यालयले शनिवार नियन्त्रणमा लिएको छ । 

राजु गम्भीर घाइते रहेको खबर शुक्रवार प्रहरीलाई आएको र घटनास्थलमा गएर हेर्दा मृत्यु शंकास्पद देखिएकाले निजका पतिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कर्ण बोहराले बताए ।

टाउको फुटेको अवस्थामा रहेको र बाँकी शव परीक्षण प्रतिवेदन आएपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक बोहराले जानकारी दिए । घटना भएको दिन शुक्रवार एउटै कोठामा दमाई दम्पती मात्रै रहेको बुझिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्