
रसायिनक मलमा कालोबजारी गरेको आरोपमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ।
विश्रामपुर गाउँपालिका २ स्थित माँ गायत्री मलखाद भण्डार पसलका सञ्चालक महेन्द्र साह तेली र ना ६ त ७३६८ नम्बरको ट्रयाक्टरका चालक रामबाबु पण्डिित पक्राउ परेका हुन्।
उक्त ट्याक्टरबाट ५० बोरा युरिया मल, डिएपी मल ३० बोरा र सलफेट मल १० बोरा मलखाद तथा ट्याक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी ६ बाराको नाममा मल खरिद गरेको बिल २ थान र माँ गायत्री मलखाद भण्डार प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि प्रहरीले बरामद गरेको छ।
उक्त मलखाद साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड वीरगंजबाट अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी बारालाई अनुदानमा प्राप्त भएकोमा कालोबजारी गर्ने उद्देश्यले उक्त सहकारीबाट माँ गायत्री मलखाद भण्डारका संचालक महेन्द्रलाई बिक्री गरेको खुल्न आएको छ ।