१० साउन २०८३, आइतबार

मध्य वैशाखमा झरीझै वर्षा किन ? यस्तो छ कारण

बैशाख १३, २०७७
मध्य वैशाखमा झरीझै वर्षा किन ? यस्तो छ कारण

अहिले प्रिमनसुनको समय हो। प्रिमनसुनमा हावाहुरी र चट्याङसहित पानी पर्नु सामान्य नै मानिन्छ। प्रिमनसुनको प्रभाव जेठ अन्तिम वा असार पहिलो सातासम्म कायमै रहन्छ।

तर, पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका लगायत क्षेत्रमा दिनहुँ जस्तो पानी परिरहेको छ। कतिपयले त यसलाई झरी समेत भन्न थालेका छन्। 

आँखिर मध्य वैशाखमा किन झरीझैँ पानी परिरहेको छ?  

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसमा विशेषगरी दुईटा कारण देखिन्छन्।

पहिलो, पश्चिमी/स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको छ। योसँगै पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव समेत छ। प्रिमनसुनमा पश्चिमी/स्थानीय वायुको प्रभाव नियमित नै हो। 

तर, यसमा अर्काे कारण देखिन्छ, बंगालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश छ। यी फ्याक्टरहरुको संयोजनका कारण झरीझैँ पानी परिरहेको हो। 

महाशाखाले बुलेटीन जारी गर्दै भनेको छ, ‘पूर्वी र मध्य भूभागका विभिन्न स्थानमा वर्षा भइरहेको छ।’

वर्षाको सम्भावना शनिबार राति समेत रहेको महाशाखाले जनाएको छ। यो प्रक्रिया आगामी सोमबारसम्म नै कायम रहनसक्ने आँकलन गरिएको छ।

समग्रमा ‘पश्चिमी, मध्य र पूर्वी भूभागका केही स्थानमा  मेघगर्जनसहित चट्याङ्ग  र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन’ महाशाखाले अनुरोध गरेको छ।
 
 

salt training

कमेन्ट गर्नुहोस्