
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर मृत्यु हुनेको संख्या दुई लाख नाघेकोे छ। शनिवार रातिसम्म विश्वभर २८ लाख ६७ हजारलाई संक्रमण देखिएकोमा २ लाख ४ सय ५ जनाको मृत्यु भएको हो ।
कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वर्ल्डमिटरका अनुसार विश्वमा २८ लाख ६७ हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ। कोरोना संक्रमित ८ लाख १९ हजार ३ सय १० जना निको भएका छन्।
कोरोनाका कारण सर्वाधिक प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ९ लाख २९ हजार ८ सय ४१ तथा मृतकको संख्या ५२ हजार ८ सय ४३ पुगेको छ। इटलीमा २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ भने बेलायतमा मृतकको संख्या २० हजार ३ सय १९ पुगेको छ।
भारतमा संक्रमितको संख्या २४ हजार ९ सय ४२ तथा मृतकको संख्या ७ सय ८० पुगेको छ। सन् २०१९ को डिसेम्वरमा चीनको वुवानबाट शुरु भएको कोरोनाका कारण विश्वका अधिकाशं मुलुकले एक महिनादेखि लकडाउन गरेका छन्।
कोरोनाविरुद्धको खोप निर्माणका लागि विश्वका बैज्ञानिकहरुले प्रयास गरिरहेका छन्।
